अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

इजरायलमा आक्रमण नगर्न इरानसँग अमेरिकाको आग्रह

बिआरटीनेपाल २०८१ वैशाख १ गते ७:४४ मा प्रकाशित

अमेरिकाले इजरायलमा आक्रमण नगर्न इरानलाई आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले तत्कालै इजरायलमा आक्रमण गर्ने आशङ्का व्यक्त गर्दै त्यसो नगर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । बाइडेनले अमेरिकाले इजरायललाई समर्थन गर्ने र यसमा इरान सफल हुन नसक्ने दाबी गर्नुभयो ।

गएको अप्रिल एक तारिखमा इजरायलले सिरियामा इरानी दूतावास नजिकै हवाई आक्रमण गरेको थियो । आक्रमणमा इरानका दुई शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि इजरायल र इरानबीच दूरी बढेको छ । इरानले इजरायललाई बदला लिने चेतावनी दिंदै आएको छ ।

इरानले इजरायलमा तत्कालै आक्रमण गर्न सक्ने अनुमानपछि भारतसहितका ५ देशले ट्राभल एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई इरान र इजरायलमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । भारत, अमेरिका, बेलायत, रुस र फ्रान्सले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू