अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

कङ्गोमा हिँसाका कारण विस्थापित पाँच लाखजना नागरिकको अवस्था नाजुक

बिआरटीनेपाल २०८१ वैशाख १ गते ७:२६ मा प्रकाशित

युद्धग्रस्त अफ्रिकी देश कङ्गोमा हिँसाका कारण विस्थापित भएका पाँच लाख जना नागरिकको अवस्था अत्यन्तै नाजुक बनिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । गोमा र यसको वरपर आश्रय लिएका पाँच लाख जनाभन्दा धेरै विस्थापित मानिस निकै नाजुक अवस्थामा पुगेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले विस्थापित बसिरहेको ठाउँमा पानी, खाना र प्राथमिक उपचारकोसमेत अभाव रहेको बेला विद्रोही  घुसपैठ गरेर विस्थापितलाई नै ढाल बनाइरहेको बताएको छ । मार्चको शुरुदेखि विस्थापन स्थल भित्र र वरपर गोलाबारी र ग्रेनेड विस्फोटका घटनाले आठ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

विस्थापितकै शिविरमा हतियारको भण्डारण र लडाई हुनु ठूलो खतराको सङ्केत भएको खबरमा उल्लेख छ । कङ्गो सरकारले थप झडपको डरलाई कारण देखाएर संयुक्त राष्ट्रसंघीय मिसन मोनुस्कोका शान्ति सैनिकलाई देश छोड्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू