अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे आवाज उठायौं : सभामुख घिमिरे

बिआरटीनेपाल २०८० चैत १६ गते ५:४० मा प्रकाशित

सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ । अन्तरव्यवस्थापिका संघको १४८ औं सभामा सहभागी भइ स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले सभामा नेपालको तर्फबाट प्रभावकारी ढंगबाट सहभागिता जनाएको बताउनुभयो । उहाँले १४८ औं अन्तरव्यवस्थापिका संघको सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरु गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको बताउनुभयो ।

सभामुख घिमिरेले सभामा १४२ भन्दा बढी देशका सांसदहरुको प्रतिनधित्व रहेको बताउनुभयो । उहाँले नेपालले सभामा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढंगबाट संसदले खेल्ने भुमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको बताउनुभयो ।

नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखापरेका चुनौति, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरुमा तत्काल परेका असरहरुलाई न्युनिकरण गर्ने लगायतका विषयमा छलफल भएको बताउनुभयो । संसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्ने ? क्षेत्रीय तहका सम्भव भएका भेलाहरु नेपालले पनि आयोजना गर्नसक्ने विषयमा छलफल गरेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले अब संसदीय गतिविधिहरु तिब्र रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढीरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू