अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदबाट राजीनामा

बिआरटीनेपाल २०८० चैत १५ गते ६:१७ मा प्रकाशित

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । अर्यालले बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाउनु भएको हो ।

राष्ट्रिय सभाको अध्यक्षका लागि इच्छा देखाएकी अर्यालले सो पदमा नारायण दाहाल निर्वाचित भएसँग असन्तुष्ट रहेको बताइएको छ । २०७९ माघ २३ गते माओवादी कोटाबाट उहाँ राष्ट्रिय सभाको उपाध्यक्ष बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू