अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

कर्णाली नदीमा हाम फालेर बेपत्ता शाहीको शव फेला

बिआरटीनेपाल २०८० चैत १५ गते ६:११ मा प्रकाशित

तराइको होली पर्वका दिन गत सोमबार कर्णाली नदीको पुलबाट हाम्फाल्ने क्रममा कर्णाली नदीमा वेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ । टीकापुर नगरपालिका-२ स्थित सन्कटीघाटस्थित नदी किनारमा उनको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

शव भेटिएपछि पहिचानका लागि आफन्तलाई बोलाइएको पनि प्रहरीले जनाएको छ । होली मनाउने क्रममा अन्य साथीहरूसँगै कर्णालीमा हामफालेपछि कैलालीको लम्कीचुहा–३ चिसापानीका शाही बेपत्ता भएका थिए । शाहीको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोरको टोलीसमेत परिचालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू