अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद

बिआरटीनेपाल २०८० चैत १४ गते ७:३८ मा प्रकाशित

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको चरेस प्रहरीले हिजो बरामद गरेर आज सार्वजनिक गरेको हो ।

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट कार्गो जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको १८ वटा फोटो फ्रेमभित्र लुकाएर ल्याइएको अवस्थामा चरेस फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू