अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

एमाले कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित

बिआरटीनेपाल २०८० चैत १४ गते ७:१६ मा प्रकाशित

नेकपा ९एमाले० कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्वका लागि बुधबार बिहान मतदान भएको थियो। बुधबार अपराह्न सकिएको मतगणनाअनुसार क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । क्षेत्रीले ५५१ मत ल्याउँदा उहाँका प्रत्यासी माधव बास्तोलाले २४७ मत ल्याउनुभयो।

अध्यक्षमा निर्वाचित भएका क्षेत्री स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुनुहुन्छ । बास्तोला उपमहासचिव पृथ्वीसुब्बा गुरूङनिकट हुुनुहुन्छ । उपाध्यक्षमा भेषराज बराल निर्वाचित हुँदा सचिवमा दर्शन लामा विजयी हुनुभयो दुवै अध्यक्ष क्षेत्री प्यानलका हुन्।

साथै उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदी निर्वाचित हुनुभएको छ । दुई वर्षअघि भएको अधिवेशनमा पृथ्वीसुब्बा पक्षका मनबहादुर गुरूङ अध्यक्ष निर्वाचित हुनुभएको थियो । गण्डकी प्रदेश कमिटीमा पृथ्वीसुब्बा पक्षको प्यानलनै निर्वाचित छन् । एमाले कास्कीको अधिवेशनले १ सय २० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू