अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

गाजामा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आव्हान

बिआरटीनेपाल २०८० चैत १३ गते ६:०६ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले गाजामा तत्काल युद्धविरामको लागि आह्वान गरेको छ । अमेरिकाले आफ्नो अघिल्लो अडान परिवर्तन गर्दै यसपटक भिटो प्रयोग नगरेपछि उक्त प्रस्ताव पारित भएको हो । यसले इजरायलमाथि अन्तराष्ट्रिय दबाब बढाएको छ । सुरक्षा परिषद्बाट पारित प्रस्तावमा हमास लडाकु समुहले बन्धक बनाएका सबैलाई तत्काल र बिना शर्त रिहा गर्न पनि भनिएको छ । गत अक्टोबरमा युद्ध सुरु भएदेखि नै सुरक्षा परिषद्ले लगातार युद्धविरामको लागि आव्हान गरिरहेको थियो । तर प्रस्ताव पारित भएको भने यो पहिलो पटक हो ।

सुरक्षा परिषद्मा सोमबार भएको मतदानमा अमेरिका अनुपस्थित रह्यो भने बाँकी १४ सदस्यले युद्धविरामको पक्षमा मतदान गरे । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयबाट जारी एक वक्तव्यमा अमेरिकाले आफ्नो अघिल्लो अडानलाई त्यागेकाले बन्धक रिहाइको प्रयासमा बाधा पुग्नसक्ने जनाएको छ । विरोधस्वरुप इजरायली प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुले अर्को साता वासिङ्टनमा गर्ने भनिएको उच्चस्तरीय भेटवार्ता पनि रद्द गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू