अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

प्रधानमन्त्री प्रचण्ड, कृष्ण सिटौला र रमेश लेखकबीच भेटवार्ता

बिआरटीनेपाल २०८० चैत ६ गते ८:१७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा नेपाली कांगेसका संसदीय दलका नेता कृष्ण सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकसँग छलफल गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठक अघि नयाँ वानेश्वर स्थित संसद भवनमा उहाँहरुबीच छलफल भएको हो । नेताहरुका अनुसार संसद संचालन, प्रिबजेट छलफल र संसदमा बिचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा शून्य, विषय र आकस्म्कि समयमा उठेका प्रश्नहरुको जवाफ दिनुभयो । उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको दायरमा रहेको भनी प्रश्न उठाउँदै आएको छ । यस सम्बन्धमा पनि प्रधानमन्त्रीले जवाफ दिनुभएको छ । त्यस अगाडि प्रधानमन्त्रीले नेताद्धय सिटौला र लेखकसँग संवाद गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू