अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

मन्त्री दीपक मनाङेद्वारा शपथ ग्रहण

बिआरटीनेपाल २०८० चैत ५ गते ७:४४ मा प्रकाशित

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ अर्थात् दीप मनाङेले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । गुरुङलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउनुभयाे । आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङलाई भौतिक पूर्वाधार मन्त्री बनाउनुभएको थियाे । मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको हो ।उहाँले हिजो मात्रै नेकपा (एकीकृत समाजवादी) छोडेको घोषणा गर्दै आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेश सभा सचिवालयमा निवेदन दिनुभएको थियो ।

गुरुङ २०७९ सालको चुनावमा मनाङ ‘ख’ बाट स्वतन्त्ररूपमा निर्वाचित भएपछि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो । केन्द्रको गठबन्धनले गण्डकीमा बहुमत जुटाउन नसक्ने र मध्यावधितिर जाने भएपछि आफूले पार्टी त्यागेको गुरुङको भनाइ छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् । राप्रपाले गठबन्धनमा नजाने बताएकाले गुरुङ मन्त्री बनेपछि मुख्यमन्त्री पाण्डेलाई सरकार जाेगाउन सजिलो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू