अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

विवेकशील साझा पार्टीका अध्यक्ष र महासचिवसहित ९ जना पक्राउ

बिआरटीनेपाल २०८० चैत २ गते ८:२१ मा प्रकाशित

एप्रहरीले विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ गरेको छ । राजधानीको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । माइतीघर क्षेत्रबाट पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत समेत रहेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।

माइतीघर मण्डलााई निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण भेला गर्न पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय भएको उहाँले बताउनुभयो। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न पनि उहाँले माग गर्नुभयो । पक्राउ परेकाहरू सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू