अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

चार अन्तरिक्ष यात्री ६ महिनाको परिक्रमापछि पृथ्वीमा फर्किए

बिआरटीनेपाल २०८० फागुन ३० गते ६:२६ मा प्रकाशित

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर चार देशका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले, डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गर्नुभएको थियो ।

यो टोली गएको अगस्टमा अन्तरिक्ष स्टेसनमा गएको थियो । झण्डै आधा वर्षको मिसन पूरा गरी उनीहरुको क्याप्सुल हिजो फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिकोको खाडीमा सुरक्षित रुपमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चार जनाको यो टोलीले एक सय ९९ दिन कक्षमा बिताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू