अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

जरदारीद्वारा पाकिस्तानको १४ औं राष्ट्रपतिको रुपमा शपथग्रहण

बिआरटीनेपाल २०८० फागुन २९ गते ०:१७ मा प्रकाशित

आसिफ अली जरदारीले पाकिस्तानको १४औँ राष्ट्रपतिको रुपमा शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उहाँले शपथग्रहण गर्नुभएको हो । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजित समारोहमा नवनिर्वाचित राष्ट्रपतिलाई शपथग्रहण गराउनुभयो ।

यसअघि शनिवार पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह–अध्यक्ष जरदारीले संसद र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट १८१ मतको विरुद्धमा ४११ मत ल्याएर विजयी हुनुभएको थियो । सत्तारुढ गठबन्धनका उम्मेदवार जरदारीले सिनेट र नेशनल एसेम्बलीलगायत संसदका दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गर्नुभयो । पूर्वी पञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत प्राप्त गर्नुभयो । यस्तै दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू