अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न :गृहमन्त्री लामिछाने

बिआरटीनेपाल २०८० फागुन २५ गते ७:२० मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताउनुभएको छ । शुक्रवार सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उहाँले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताउनुभयो।

उहाँले लेख्नुभएको छ– ‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’ मन्त्री पदको शपथ खाएको दुई दिनपछि उहाँले आफ्नो भनाई सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू