अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

क्यानडामा चक्कु प्रहारबाट ६ को मृत्यु

बिआरटीनेपाल २०८० फागुन २५ गते ६:४७ मा प्रकाशित

क्यानडाको राजधानी ओटावामा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार क्यानडामा अध्यनरत १९ वर्षीय श्रीलंकाका विद्यार्थीले आफुसगै बस्ने ६ जनाको चक्कु प्रहार गरि हत्या गरेका हुन् । उक्त विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।श्रीलंकन परिवारका चारजना बालबालिकासहित ६ जनाको हत्या भएको अधिकारीहरुले जनाएका छन् । अभियुक्त विद्यार्थीले धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए ।

फेब्रियो डी–जोयसा नामका ती अभियुक्तले क्यानडामा आएका श्रीलंकन नागरिकहरुको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । मृत्यु हुनेमा ४० वर्षीय पुरुष, उनकी ३५ वर्षीया श्रीमती, सात वर्षका छोरा, चार र दुई वर्षकी छोरीहरु र तीन महीनाको बच्चाको हत्या गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू