अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख रुपैयाँ लिएर फरार भएकी बेञ्जु महत पक्राउ

बिआरटीनेपाल २०८० पुष २५ गते ५:३३ मा प्रकाशित

अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख रुपैयाँ लिएर फरार भएकी काठमाण्डौको बूढानीलकण्ठकी बेञ्जु महत पक्राउ परेकी छिन् । अमर बहादुर पुनलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ लाग्छ भनेर उनले पटक पटक गरी २३ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् । पैसा लिएर फरार भएपछि परेको उजुरीका आधारमा काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयले महतलाई हिजो चपलीबाट पक्राउ गरेको हो ।

महतले अमेरिका पुगेपछि मासिक चार लाख रुपैयाँ कमाइ हुन्छ भनेर प्रलोभन देखाउँदै पैसा लिने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू