अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

योगदानकर्ता दम्पतीकाे उपचार खर्च सञ्चय कोषले व्यहाेर्ने

बिआरटीनेपाल २०८० पुष २५ गते ५:१८ मा प्रकाशित

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ ।अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने जनाएको छ ।

२०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरेको जनाएको हो । सुविधा लिनका लागि कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ताको पति र पत्नीको उपचार गराई दाबी गर्नु पर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू