अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले डिसेम्बर २४ मा च्याप्टरहरूको घोषणा गर्दै

बिआरटीनेपाल २०८० पुष ६ गते २०:३१ मा प्रकाशित

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले डिसेम्बर २४, २०२३ (पौष ८, २०८०) को नेपाली समय अनुसार बिहान ०६:४५ बजे च्याप्टरहरूको घोषणा गर्ने कार्यक्रम राखेको छ ।

कार्यक्रम जुम मार्फत भर्चुअल रूपमा हुन् लागेको संस्थाका अध्यक्ष डा. यादव पण्डितले जानकारी दिए। सामाजिक विकासको लागि प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने बिच नेटवर्क बनाउँदै जाने उद्देश्यले गत वर्ष विस्कनसिन राज्यमा यसको स्थापना भएको थियो। स्थापना पश्चात नेपालमा बद्री अर्यालको संयोजकत्वमा च्याप्टर स्थापना भैसकेको छ भने सातै प्रदेश संयोजक समेत चयन भैसकेका छन्। नेपालमा सिंहदरबारको पूर्वी गेट अगाडी कार्यालय स्थापना गरी फाउनडेशनले आफ्नो कार्य समेत सुरु गरिसकेको छ। जुम मार्फत सञ्चालन हुने च्याप्टर घोषणामा सहभागी हुनको लागि तल उल्लेखित मिटिङ आई डी प्रयोग गर्नु पर्नेछ ।

आई डी:- 977 02948614
पास कोड :- 2023
मिति :- डिसेम्बर २४, २०२३ (पौष ८, २०८०) समय :- बिहान ०६:४५ बजे (नेपाली समय)
साँझ ०८:०० बजे (न्युयोर्क समय)
साँझ ०७:०० बजे (टेक्सस समय)
साँझ ०५:०० बजे (क्यालिफोर्निया समय )

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू