अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन न्यूयोर्कमा सम्पन्न

बिआरटीनेपाल २०८० मंसिर २६ गते १७:१४ मा प्रकाशित

न्यूयोर्क/ नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन यही डिसेम्बर ३ तारिकका दिन न्यूयोर्कमा सम्पन्न भएको छ। नव निर्वाचित कमिटीमा अध्यक्ष लोक चेम्जोङको सहित २७ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ । समीर महर्जनको अध्यक्षतामा सम्पन्न तेस्रो राष्ट्रिय महाधीवेशको प्रमुख अतिथि जसपा नेपालका राजनीतिक समिति सदस्य तथा पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेठ रहनुभएको थियो ।

नेपाली समाज अमेरिका विगत एक दश देखी निरन्तर नेपाली अमेरिकन समुदायको सुख दुःखको सारथी बन्दै हामी नेपाली समाज अमेरिका Nepali Society of America ( Neso) मार्फत विभिन्न राजनीतिक तथा सामाजिक कार्यहरू गर्दैआईरहेको छ ।यसले नेपालका अल्पसङ्ख्यक, आदिवासी जनजाति, मधेसी, महिला , शिल्पी तथा राज्यले पछि पारेका समुदायको अधिकार , पहिचान , आत्मसम्मान को पक्षमा उभिएर राज्यको मूल प्रवाहमा तिनीहरूको सम्मानजनक समानुपातिक प्रतिनिधित्वको लागी लड्ने साथै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट सम्बोधन गराउने मूल उद्देश्य रहेको छ । साथै नेपाली अमेरिकन समुदायबिच भाइचारा , सद्भाव र सहकार्य गर्दै नेपाली अमेरिकन पहिचानलाई स्थापित गर्न यहाँको मूल प्रवाहमा नेपाली समुदायको पहुँच र प्रतिनिधित्वको लागी समेत काम गर्दै आएका छ। महाधिवेशनमा जसपाका राजनीतिक समिति सदस्य तथा प्रवास कमिटी इन्चार्ज आङकाजी शेर्पा , जसपा केन्द्रीय सल्लाहकार डा.महेन्द्र लावती, प्रवास विशेष समितिका अध्यक्ष विश्वासदिप तिगेला, जसपा केन्द्रीय सदस्य तथा प्रवास कमिटी सहईन्चार्ज पार्वती थापा मगर साथै विभिन्न देशका प्रमुख तथा प्रतिनिधिहरू लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।तेस्रो अधिवेशन द्वारा संयुक्त राज्य अमेरिकाको केन्द्रीय समितिमा तपसिल बमोजिम निर्वाचित भएका छन् ।


1. अध्यक्ष- लोक चेम्जोङ , NJ
2. वरिष्ठ उपाध्यक्ष- ओमराज सम्बाहाङ्फे ,CA
3. उपाध्यक्ष- चिना योन्जन , NY
4. उपाध्यक्ष- सुमन बुढामगर , NH
5. महासचिव- शेखर राई , NH
6. सचिव- टङ्क सेलिङ, NC
7. कोषाध्यक्ष- सुवर्ण शाक्य, NY
8. सदस्य- केशवराम राई , NY
9. सदस्य- काजी शेर्पा , NY
10. सदस्य- राम लिम्बु , NY
11. सदस्य – तोङसा योङया, Tx
12. सदस्य- गणेश राई, NY
13. सदस्य- मातृका गुप्ता , NY
14. सदस्य- भीम माबो ,Atlanta
15. सदस्य- भरत मादी देवान -Boston
16. सदस्य- हरि प्रसाद जवेगु, NY
17. सदस्य- गजेन्द्र सुब्बा, NY
18. सदस्य- मिना चेम्जोङ TX
19. सदस्य- सेहाङ नेम्वाङ ,NY
20. सदस्य- देशहाङ हुक्पा चोङबाङ, NY
21. सदस्य- मणि चेम्जोङ , CA
22. सदस्य- देव पुन ,NY
23. सदस्य- भीमबहादुर थापामगर, NY
24. सदस्य- लाल घले, NY
25. सदस्य- प्रकाश परिवार , Boston
26. सदस्य- विनोद राई , NY
27. सदस्य- सामदेनला रुईत शेर्पा,NY

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू