अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

नेपाली भाषा पाठशाला, कोलोराडोको सहयोगार्थ च्यारिटी शो आयोजना गरिदै

बिआरटीनेपाल २०८० कार्तिक १४ गते ९:३८ मा प्रकाशित

कोलोराडो नेपाली बालबालिकाहरूलाई नेपाली भाषा तथा संस्कृति सिकाउने उद्देश्यले कोलोराडोमा संचालन गरिदै आइएको नेपाली भाषा पाठशालाको सहयोगार्थ यही नोभेम्बर ११ तारिखमा च्यारिटी शो आयोजना गरिने भएको छ । कार्यक्रममा प्रख्यात नेपाली सङ्गीतकार तथा गायकहरू न्हयू बाज्राचार्य, कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी लगायत पाठशालाका विद्यार्थीहरुको पनि प्रस्तुती रहनेछ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखा, एनआरएनए कोलोराडो च्याप्टर, सिस्टर्स ग्रुप अफ कोलोराडो, तथा टुकी इभेन्टसको संयुक्त आयोजनामा हुने लागेको उक्त कार्यक्रमको प्रस्तुतकर्ता कोसेली समुह कोलोराडो रहेको छ भने कार्यक्रमको साजसज्जा वेलकम इभेन्टस मार्फत हुने जनाइएको छ । कार्यक्रममा उठेको सम्पूर्ण रकम खर्च कटाएर नेपाली भाषा पाठशालाको लागि जम्मा गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया