अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

एसियन गेम्सको पुरुष भलिबलमा बहराइनसँग नेपाल पराजित

बिआरटीनेपाल २०८० असोज ३ गते ५:५१ मा प्रकाशित

एसियन गेम्समा अन्तर्गतको पुरुष भलिबलमा नेपाललाई बहराइनले ३–१ को सेटमा हराएको छ । चीनको हाङचु शहरमा आगामी शनिवार औपचारिक उद्घाटन हुने १९ औं एसियाली खेलकुदका केही टिम गेम भने सुरु भईसकेका छन् । सोही अनुरुप नेपालको पुरुष भलिबल टोलीले हिजो बहराइनको सामना गरेको थियो ।

बहराइन विरुद्धको पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि पर्‍यो । नेपालले दोस्रो खेल आज इरानसँग खेल्नेछ । इरानसँगको खेल पनि हारेको खण्डमा नेपाल समुह चरणबाटै बाहिरिनेछ ।

एसियन गेम्सको औपचारिक उद्घाटन अघि नैं भलिबल, फुटबल र क्रिकेटजस्ता टिम खेल सुरु भइसकेका छन् । एसियन गेम्सको यो संस्करणमा नेपालले २९ खेलमा २ सय ५३ खेलाडी सहभागी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू