अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भदौ १० गते हुने, सोही दिन पाकिस्तान जाने तयारी

बिआरटीनेपाल २०८० भदौ ६ गते ८:०० मा प्रकाशित

सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी आइतबारका लागि पेसी तोकिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतबाट माग भएको कागजात अदालतमा प्राप्त भइसकेको भन्दै अदालतले आगामी आइतबारका लागि पेसीमा राखेको हो । यद्यपि साप्ताहिक पेसी भने शुक्रवार मात्रै प्रकाशन हुनेछ ।

अदालतले आदेश गरे बमोजिम स्थानीय तहबाट पीडित गौशाला २६, उनका परिवारका सदस्यहरूको जन्म मिति खुल्ने कागजात र बसाइसराई गरी जाँदा पेस गरेको कागजातको प्रमाणित प्रतिलिपि स्थानीय तहबाट प्राप्त भइसकेको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार कागजात प्राप्त भए पनि सिलबन्दी रहेको उक्त कागजात भने इजलासमै खोल्ने तयारी गरिएको छ ।

यसैबीच प्रतिवादी सन्दीप लामिछानेले सफाई पाएको अवस्था वा उक्त दिन मुद्दाको टुङ्गो नलागेमा भदौ १० गते आइतबार राति नै पाकिस्तान जाने तयारी गरेका छन् । लामिछानेका एक कानुन व्यवसायीका अनुसार फैसला भई सफाई पाएमा वा सुनुवाइ नभएमा सोही दिन सन्दीप एशिया कप खेल्न पाकिस्तान जाने तयारी गरेका हुन् । त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान) र अदालतसँग कुराकानी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू