अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

आर्थिक पारदर्शितामा ध्यान दिए देशले कोल्टे फेर्ने- मन्त्री गुरुङ

बिआरटीनेपाल २०८० साउन २० गते ९:४२ मा प्रकाशित

न्यूयोर्क-अगष्ट ३ तारिख २०२३ का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम् नेपाल सरकारका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री माननीय धनराज गुरुङ ज्युको स्वागत र सम्मानमा एक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

न्यूयोर्कको ज्याक्सन हाइटमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय मन्त्री श्रीधनराज गुरुङले हाम्रो मुलुक नेपालको विकाश नहुनुमा भ्रष्टाचार प्रमुख कारण भएको बताउँदै, सबैले आर्थिक पारदर्शितामा ध्यान दिएदेशले चाडै कोल्टे फेर्ने बताए । गैर आवासीय नेपालीका लागि नागरिकता विधायक पारित भइसकेकोले अप्ठ्यारो फुकाउन कानुनबनिरहेको कुरा सुनाउँदै, मन्त्री गुरुङले आफू कानुन मन्त्री भएको वेलामा देश र जनताका हितका निमित्त आवश्यक विधायकहरू अगाडि बढाउने समेत बताए ।

विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, पत्रकार, बुद्धिजीवी, कलाकार लगायत आम न्यूयोर्कवासीनेपाली जनसमुदायको उपस्थितिमा भएको उक्त कार्यक्रमको सञ्चालन नेपाली जनसम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्बाङले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक पूर्व संयोजक कानुनविद् तथा समितिका कानुनी सल्लाहकार श्री खगेन्द्र क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया