अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

एनआरएन अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बन्जाडे विजयी

बिआरटीनेपाल २०८० साउन ८ गते १३:३२ मा प्रकाशित

कोलोराडो, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) अमेरिकाको अध्यक्षमा डा. अर्जुन बन्जाडे विजयी भएका छन् ।

एनआरएन निर्वाचन समितिले आज जुलाई २४ तारिख बिहान सार्वजनिक गरेको मत परिणाम अनुसार, आगामी दुई वर्षे कार्यकाल (२०२३-२०२५) का लागि डाक्टर बन्जाडे अध्यक्ष पदमा चयन भएका हुन् ।

‘पारदर्शी, समावेशी र विश्वसनीय परिवर्तन’ अपरिहार्य छ’ भन्ने मूल नाराका साथ डाक्टर अर्जुन बन्जाडे आफ्ना समर्थकहरूको समूह नै बनाएर चुनावी मैदानमा होमिएका थिए । उनले आफ्ना प्रतिस्पर्धी डिलु पराजुलीलाई ९३३ मतले पछि पार्दै विजयी भएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार डाक्टर बन्जाडेले ५७३९ मत प्राप्त गर्न सफल हुँदा डिलु पराजुली ४८०६ ले मत प्राप्त गरेका छन् ।

यसै गरी,वरिष्ठ उपाध्यक्ष पदमा विकाश उप्रेती विजयी भएका छन् । उनले ४९४५ मत प्राप्त गरेर आफ्ना प्रतिस्पर्धी अञ्जन कुमार चौलागाईलाई (४७३५) पराजित गर्न सफल भएका छन् । त्यसै गरी ४ जना राष्ट्रिय उपाध्यक्ष पदका लागि ९ जना चुनावी मैदानमा उत्रिएकोमा, भानु खरेलले ४३३५ मत, प्रेम तामाङले ३९०५ मत, ज्ञानेन्द्र गुरुङले ३८२६ मत र नेत्र पाण्डेले ३४१० मत प्राप्त गरी निर्वाचित भएका छन् ।

राष्ट्रिय महिला उपाध्यक्ष पदमा भने सुनिता सापकोटा कंडेल ४९५९ मत प्राप्त गरेर विजयी भएकी छिन् भने उनकी प्रतिद्वन्द्वी सुन्दरी गुरुङले
४९२९ मत प्राप्त गरेकी छन् । युवा उपाध्यक्ष पदमा भने अनुप खनाल ३७२१ मत प्राप्त गर्दै विजयी भएका छन् भने प्रतिस्पर्धीहरू रामचन्द्र पन्तले ३२६४ मत र त्रिभुवन पाण्डेले २७०६ मत प्राप्त गरेका छन् ।

त्यसै गरी महासचिव पदमा रामहरि अधिकारीले ५१९७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी गोपेन्द्र भट्टराई ४४३९ मत प्राप्त गरेका छन ।

अन्य विजयी नामहरु:

सचिव पद:
दीपक सापकोटाले ४०५१ मत (बिजयी)
एकदेव शर्मा ३४७७ र
विश्व सुवेदी १८९३

महिला सचिव:
शान्ति पौड्याल ५३९८ मत (बिजयी)
उर्मिला श्रेष्ठ ४१६७ मत

कोषाध्यक्ष:
सरोज सिग्देल ४६९४ मत – विजयी
अमित शर्मा ४६५४ मत

सह कोषाध्यक्ष:
दिवाकर पाण्डे ४६९१ (बिजयी)
रवि सिंह बस्नेत ४५७५

राष्ट्रिय युवा संयोजक
तेज पौडेल ४९६६ (बिजयी)
विकी थापा ४५३९

राष्ट्रिय महिला संयोजक 
सुनिता खत्री ४८९१ (बिजयी)
मुना तिवारी ४५६०

बोर्ड सदस्य (बोर्ड अफ डाइरेक्टर):
डाक्टर गंगाधर आचार्य (४६८०),
बल राई (३७२२),
विष्णु बराल (३५०२),
निमा शेर्पा (३२८५),
वासुदेव भाट (३२५१), लक्ष्मण दर्लामी (२९०१),
मोहन कुसारी (२८८७) र
नवराज न्यौपाने (२६४७)

४ महिला बोर्ड अफ डाइरेक्टर पदका लागि भने ९ जना प्रतिस्पर्धामा थिए । जस मध्य दुर्गा तिवारी (४३६७) रितादेवी प्रधान (३५३५), सृजना शर्मा (३३७८) र सरस्वती शर्मा(३२७०) निर्वाचित भएका छन् । यसै गरी, ४ क्षेत्रीय समितिको अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा, विष्णु खत्री (११३०-पश्चिम), आङ टि शेर्पा (१७६२-उत्तर-पूर्व), मोहन न्यौपाने (२२२५-दक्षिण) र महेन्द्र बस्नेत(४८३- मध्यपश्चिम) चयन भएका छन् ।

विधान अनुसार ८ जना आइसिसी सदस्यहरू चयन गर्नु पर्नेमा ११ जनाको उम्मेदवारी परेको थियो । जस मध्य प्रवीण केसी (५१००), क्षेत्र के गुरुङ (४८०३), पदम बहादुर ठकुराठी (४४६८), टङ्कराज रेग्मी (४२७८), गोविन्दकुमार श्रेष्ठ (४१६८), उत्तम कुमार कार्की(४०८२), डोलनाथ घिमिरे(४०१५) र दुर्गेशजंग कार्की (४०१२) चयन हुन सफल भएका छन् ।

निर्वाचनको परिणाम सार्वजनिक भए लगतै अध्यक्ष पदमा विजयी भएका डाक्टर अर्जुन बन्जाडेले आफ्नो अमूल्य मतदान गरेर विजयी गराउने मतदाताहरूलाई विशेष धन्यवाद दिएका छन् ।

त्यसै गरी निर्वाचनले आगामी कार्यकालका लागि अमेरिकाको विभिन्न राज्यहरूको कार्यसमिति पनि चयन गरेको छ । निर्वाचन समितिले जनाए अनुसार, अस्ट्रेलियाको भेरो कम्पनीको फेस भेरिफिकेशन गर्ने निर्वाचन प्रविधिको प्रयोग गरेर सम्पन्न गरिएको निर्वाचनमा, १३६९१ मतदाता मध्ये ११२६७ मतदाताले मतदान गरेका थिए । जो कुल मतको ८२ दशमलव ३ प्रतिशत हो ।

प्रतिक्रिया