अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

हलिउड सहरमा नेपाल फेस्टिभल अमेरिका भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०८० असार २३ गते १३:४० मा प्रकाशित

क्यालिफोर्निया । अमेरिकी भूमिमा नेपाली संस्कृति चिनाउने र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उद्देश्यले हलिउड सहर लस एन्जलसमा नेपाल फेस्टिभल गरिएको छ ।

हामी नेपाली ग्लोबलका केन्द्रीय सभापति अमृत लामाको उपस्थिति, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर अध्यक्ष इन्दिरा त्रिपाठीको नेतृत्व तथा हामी नेपाली ग्लोबलका केन्द्रीय उपाध्यक्ष टेक लामाको संयोजकत्वमा क्यालिफोर्निया राज्यको लस एन्जलसमा नेपाल फेस्टिभल आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा हामी नेपाली ग्लोबल केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा कलेज प्वाइन्ट सिभिक ट्याक्स्पेयर अशोशिएसनका अध्यक्ष, न्यु योर्क सिटिको मेयर एरिक एडम्सका एसियन मामिला सल्लाहकार नवराज केसी, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरका महासचिव सुमन थाम्सुहाङ, हेल्लो अमेरिकाका सम्पादक पत्रकार सम्राट् कार्की, डाइरेक्टर किशोर सुब्बा, Hami Nepali Global America Chapter secretary surya Simkhada treasury uma tamang Newyork chapter president Dhruba kunwar Lakesh Thapa स्थानीय राजनीतिकर्मी लगायत थुप्रै देशका नागरिकहरूको बाक्लो उपस्थितिमा गत आइतबार हलिउड सहरको व्यस्त सडकमा झन्डै २ माइल नेपाली पहिचान झल्किने गरी विविध भेसभुसामा सजिएर गैर आवासीय नेपालीले नेपाल फेस्टिभलमा सहभागिता जनाएका थिए भने सुवास भण्डारीले अतिथि सत्कार गरेका थिए।

नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्य रहेको नेपाल फेस्टिभलमा लोक तथा पन्चे बाजा, कुमारी, राधाकृष्ण, पञ्चकन्या लाखे तथा नेपाली परिकारको रूपमा मो.मो तथा चाउमिन प्रमुख आकर्षणको रूपमा रहेका थिए । नेपाल तथा अमेरिकाको झन्डा फहराउँदै हलिउडमा गरिएको Nepal Festival नेपालको पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको विश्व बजारीकरणमा टेवा पुगेको विश्वास आफूहरूले गरेको फेस्टिभलमा कन्भेनर तथा हामी नेपाली ग्लोबलका उपाध्यक्ष टेक वाइबा लामाले बताए।

हलिउडको वाक एन्ड फर्म स्ट्रिटमा भएको नेपाल फेस्टिभल एनआरएनए क्यालिफोर्निया च्याप्टर, श्री पशुपतिनाथ फाउन्डेसन युएसए, नेपाल अमेरिका एकता समाज, फ्रेन्डस अफ नेपाल लस एन्जलस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एन्जलस च्याप्टर, नेपाली जनसम्पर्क समिति लस एन्जलस च्याप्टर, अमेरिका नेपाल चेम्बर अफ कमर्स, बौद्धिक संसार शैक्षिक एकेडेमी, नेवा: अर्गनाइजेसन, सोकल च्याप्टर, वर्ल्ड नेवा: अर्गनाइजेसन, क्यालिफोर्निया लस एन्जलस च्याप्टर, तामाङ सोसाइटी क्यालिफोर्निया च्याप्टर, मगर समुदाय क्यालिफोर्निया लस एन्जलस, बौद्ध समाज, लसएन्जल्स, एन.डब्लू.जी.यन सीए च्याप्टर लसएन्जल्स, एफ वन समूह, सोसाइटी अफ अमेरिकन नेपाली नर्स, क्यालिफोर्निया च्याप्टर, प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया च्याप्टर, ब्लड डोनर अफ अमेरिका, क्यालिफोर्निया च्याप्टर, मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टर, लस एन्जलस हिमालयन लायन्स क्लब सुदूरपश्चिम समाज क्यालिफोर्निया, वाइड जोन, क्यालिफोर्निया, उत्तरी नेपाली सङ्घ क्यालिफोर्निया, नेपाली जनसम्पर्क समिति उत्तरी क्यालिफोर्निया, सनी सगरमाथा समाज, एनएयफसीए डेविस, नेपाली सामुदायिक केन्द्र उत्तरी क्यालिफोर्निया, तामाङ को अपरेसन सोसाइटी उत्तरी क्यालिफोर्निया, विश्व नेवा सङ्गठन, अमेरिका उत्तरी क्यालिफोर्निया,बुद्ध नेपाल शान्ति प्रतिष्ठान,क्यालिफोर्निया शेर्पा सङ्घ,तमु समाज आदिवासी जनजातिको महासङ्घ क्यालिफोर्निया,नेपाली सङ्घ ग्लोबल को अपरेसन उत्तरी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन, किरात याक्थुङ चुम्लुङ क्यालिफोर्निया, नेपाली महिला ग्लोबल नेटवर्क, क्यालिफोर्निया मगर सङ्घ रचनात्मक नेपाल युवा सङ्गठन, मातृभूमि नेपाल बर्कले अन्नपूर्ण, बर्कले मकालु, बर्कले लालीगुराँस, फ्रेमोन्ट सगरमाथा, सान फ्रान्सिस्को बुद्ध अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज उत्तरी क्यालिफोर्निया, काष्ठमण्डप लायन्स क्लब, शान्ता रोजा विकल्प फाउन्डेसन, झी नेवा अर्गनाइजेशन उत्तरी क्यालिफोर्निया, अन्तर्देशीय साम्राज्य नेपाली कल्याणकारी समाज अमेरिका नेपाल समाज क्यालिफोर्निया लगायत सम्पूर्ण सङ्घ संस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया