अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

यूएईले नेपाललाई दियाे १ सय ८२ रनको लक्ष्य

बिआरटीनेपाल २०८० असार १७ गते ६:४३ मा प्रकाशित

जिम्बावेमा भइरहेकाे आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौँ स्थानको प्लेअफ खेलमा अहिले यूएई र नेपाल खेलिरहेका छन् । नेपाललाई यूएईले जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ।जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको यूएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रन बनायाे । यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन् ।

त्यस्तै, रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्माले २८ रन जोडे । बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए । यस खेलको विजेताले सातौँ स्थानको लागि मङ्गलवार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवाैँ स्थानका लागि अमेरिकासँग खेल्नेछ । जवाफी ब्याटिङ गरिरहेकाे नेपालले एक विकेट गुमाइसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू