अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

स्कटल्यान्डको ऐतिहासिक जित, वेष्ट इन्डिज पहिलो पटक एकदिवसीय विश्व कप बाहिर

बिआरटीनेपाल २०८० असार १६ गते ८:५० मा प्रकाशित

वेस्ट इन्डिजले एकदिवसीय विश्व कप नखेल्ने भएको छ । आज भएको आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको खेलमा स्कटल्यान्डसँग हारेपछि वेस्ट इन्डिज इतिहासमा पहिलो पटक एकदिवसीय विश्व कप नखेल्ने भएको हो ।जिम्बावेको हरारेमा वेस्ट इन्डिजले दएको  १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले  ४३ ओभर ३ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका  ब्रान्डर म्याक मलनले ६९ र म्याथु क्रसले ७४ रन बनाए । स्कटल्यान्डले वेष्ट इन्डिजसँग अहिलेसम्म चार पटक एकदिवसीय खेलेकोमा आज पहिलोपटक जित निकालेको हो । यसअघि  हरारेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४३ ओभर ५ बलमा १ सय ८१ रन बनाउँदा अलआउट भयो । उसका लागि ज्यासन होल्डरले सर्वाधिक ४५ रन बनाए ।

स्कटल्यान्डका ब्रान्डन म्याक मलेनले ३ तथा क्रिस ग्रिभ्स,मार्क वाट र क्रिस सोलले २/२ विकेट लिए । सुपर सिक्समा वेष्ट इन्डिज पाँचौँ स्थानमा छ । सुपर सिक्सका उत्कृष्ट दुई टोली विश्व कपको लागि छनोट हुनेछन् । समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिज सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित भएपछि विश्व कप यात्रा निकै कठिन बनेको हो । सुपर सिक्समा वेस्ट इन्डिज पाँचौँ स्थानमा छ । सुपर सिक्सका शीर्ष दुई टोली विश्वकपको लागि छानिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू