अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

जिम्बावेले ओमानलाई दियाे ३ सय ३३ रनकाे लक्ष्य

बिआरटीनेपाल २०८० असार १४ गते ५:३९ मा प्रकाशित

आईसीसी एकदिवसीय विश्वकप छनाेटअन्तर्गत ‘सुपर सिक्स’ काे खेलमा जिम्बावेले ओमानलाई ३ सय ३३ रनकाे लक्ष्य दिएकाे छ ।  घरेलु मैदान क्विन्स स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेकाे जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३२ रन बनायाे । जिम्बावेका सेन विलियम्सले शतक बनाए । उनी १ सय ३ बलमा १ सय ४२ रन बनाएर आउट भए । यस्तै लुक जाेङ्वीले ४३ र सिकन्दर राजाले ४२ रन बनाए । बलिङतर्फ ओमानका फय्यज बटले ४ विकेट लिए ।

विश्वकप छनाेटमा आज बिहीवारदेखि ‘सुपर सिक्स’ खेलहरू सुरु भएकाे हाे । ‘सुपर सिक्स’ का शीर्ष दुई टोलीले आउँदाे अक्टाेबर/नाेभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू