अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

केआरएसएको ब्लड ड्राइभ जुन २४ मा

बिआरटीनेपाल २०८० असार ६ गते १०:१६ मा प्रकाशित

बिआरटिनेपाल संवाददाता

न्यू योर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले जुन २४ मा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

रक्तदान कार्यक्रम ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरमा हुने छ । कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ । केआरएसएले आफ्नो अनुकुल समयमा रक्तदान कार्यक्रम गरिदिन अग्रिम समय बुकिङका लागि अनुरोध गरेको छ । समय बुकिङका लागि केआरएसको डिजिटल पर्चामा भएको क्युआर कोड स्मार्ट फोनबाट स्क्यान गर्नुपर्ने छ । स्क्यान लगत्तै रक्तदानका लागि समय बुकिङ गर्ने वेब पेज खुल्छ । उक्त वेब पेजमा आफ्नो विवरण र रक्तदानका लागि आफू अनुकूल समय बुकिङ गर्न सकिन्छ ।

केआरएसए केन्द्रिय अध्यक्ष खगेन्द्र राईले सम्पूर्ण नेपाली समुदायलाई रक्तदान कार्यक्रममा सहभागी भइदिन अनुरोध गरेका छन्। केआरएसएले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यत्रलम आयोजना गर्दै आएको छ।
रक्तदानमा सहभागी हुन परिचयपत्र अनिवार्य छ। साथै, १२ महिना भित्र ट्याटु नखोपेका, कम्तिमा एक सय १० पाउण्ड तौल भएका र १६ वर्ष नाघेका सबैले रक्तदान गर्न सक्नेछन्। तर, ७६ वर्ष र सोभन्दा बढी उमेरले रक्तदान गर्न भने डाक्टरको अनुमति चाहिन्छ।

प्रतिक्रिया