अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

अमेरिकामा पाँच पर्यटकसहित हराइरहेको पनडुब्बीको खोजी जारी

बिआरटीनेपाल २०८० असार ५ गते ६:२१ मा प्रकाशित

समुद्रमा टाइटनिक पानीजहाजको भग्नावशेष हेर्न जाँदा बेपत्ता भएको पनडुब्बीको खोजी कार्य जारी छ ।टाइटनिकको भग्नावशेष अवलोकनका लागि पाँँच जना पर्यटकसहित एट्लान्टिक महासगारमा गएको पनडुब्बी अमेरिका र क्यानाडाको पुर्वी तटबाट बेपत्ता भएको थियो ।

खोजीका लागि अमेरिकी तटीय रक्षकहरु लागि परेतापनि हालसम्म पत्ता लाग्न सकेको छैन । सो पनडुब्बी क्यानाडाको न्यु फाउण्डल्याण्डको तटबाट बेपत्ता भएको थियो ।खोजी प्रयासमा संलग्न बोस्टनका तट रक्षकमा कमाण्डर जोन माउगरले दुर्गम क्षेत्र त्यसमा पनि ३ हजार ९ सय मिटर पानीको गहिराईमा उक्त पनडुब्बी हुन सक्ने आँकलन गरिएतापनि खोजी कार्य निकै चुनौतीपुर्ण भएको बताएका छन् ।

खोजी कार्यका लागि दर्जनौ पानीजहाज लगाएत अन्य उपकरणहरु प्रयोग गरिएका छन् । सो पनडुब्बी गत आइतबारदेखि सम्पर्कबिहीन बनेको हो ।बेपत्ता पनडुब्बीले आइतबार बिहान जमिनको सतह छोड्दा ९६ घण्टाका लागि मात्र अक्सिजन मौज्दात थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू