अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

धनी देशलाई जलवायू न्यूनिकरणमा आफ्नो उचित हिस्सा लिन साईकल यात्रीहरुको माग

बिआरटीनेपाल २०८० जेठ २३ गते ८:३० मा प्रकाशित

धनी राष्ट्रहरूलाई जलवायू परिवर्तनको लागि आफ्नो उचित हिस्सा लिन साईकल यात्रीहरुले आह्वान गरेका छन् ।काठमाडौं, भैरहवा, हेटौंडा, पोखरालगायतका विभिन्न सहरमा आयोजित यस वर्षको दोस्रो पेडल फर पिपल एन्ड प्लानेट (पीपीपी) मा सहभागी तीन सयभन्दा बढी साइकल यात्रीहरुले यस्तो आह्वान गरेका हुन् । यस क्रममा उनीहरू जलवायू परिर्वतन अभियानकर्ताहरूसँग ललितपुरको जावलाखेलदेखि काठमाडौंको वसन्तपुरसम्म साइकल र्‍यालीमा सहभागि भए ।

वसन्तपुरमा फ्ल्यास–मोबले विकसित देशहरूलाई विश्वव्यापी जलवायु परिवर्तनको उचित हिस्सा लिन आग्रह पनि गरे । जलवायु संकटको वास्तविक समाधान चाहिन्छ भन्ने उनीहरुको भनाई थियो । धनी देशहरूले विश्वव्यापी जलवायूमा आफ्नो उचित हिस्सा लिनु पर्ने उनीहरुको माग थियो ।एशियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टका संयोजक लिडी नेकपिलले पीपीपी एउटा एशिया–व्यापी बाइक कार्यको श्रृंखला भएको बताउनुभयो । उहाँले जलवायू परिवर्तनको बारेमा सचेतना जगाउने र सरकार र यससंग सम्बन्धित निकायलाई तत्काल र महत्वाकांक्षी जलवायू न्यूनिकरण सम्बन्धि कार्य गर्न आग्रह गर्नुभयो ।हामी “नेट शून्य“ कार्बन उत्सर्जनका साथै भ्रामक समाधानहरूका लागि महत्वाकांक्षाहरूलाई अस्वीकार गर्छौं भन्ने उहाँको भनाई छ ।

ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) का कार्यकारी निर्देशक डा. अर्जुन कार्कीले यसले नेपाललाई प्रभावकारी जलवायू न्यूनिकरण गर्नबाट रोक्न सक्ने बताउनुभयो । जलवायू निष्पक्ष साझेदारी विधि अनुसार, बेलायत, अमेरिका, अष्ट्रेलिया र धेरै युरोपेली राष्ट्रहरू वायुमण्डलीय ठाउँ सहित प्राकृतिक स्रोतहरूको आफ्नो उचित हिस्सा भन्दा धेरै प्रयोग गरेर धनी भएको बताउनुभयो । आफ्नो कार्बन उत्सर्जनमा सबैभन्दा गहिरो र छिटो कटौती गर्ने जिम्मेवारी र क्षमता दुवै हुने उहाँको भनाई थियो । उहाँले धनी देशले आफ्नो उत्सर्जन शून्यमा कटौती गरे पनि, तिनीहरू अझै पनि उनीहरूको उचित हिस्सा अनुसार आवश्यक पर्ने कुराहरू पूरा गर्न असफल हुने पनि बताउनुभयो । विकासशील देशहरूमा ऊर्जा संक्रमणको लागतहरू तिर्नु पर्ने र त्यसो भए मात्र कम जिम्मेवारी र कम क्षमता भएका देशहरू सक्षम हुन सक्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू