अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

नक्कली शरणार्थी प्रकरण- हाई प्रोफाइललाई पक्राउ गर्न मिल्ने नजिर इजलासमा पेश

बिआरटीनेपाल २०८० जेठ २३ गते ८:२४ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुले पोलेका व्यक्तिहरुलाई पक्राउ आदेश जारी गर्न अधिवक्ताहरुले माग गरेका छन् । जाहेरवालाका तर्फबाट प्रस्तुत भएका कानुन व्यवसायीहरुले यसअघि नाम पोलेका व्यक्तिहरुलाई पक्राउ आदेश जारी गर्न माग गरेका हुन् । अधिवक्ता हरिप्रसाद खरेलले अभियुक्तहरुले पोलेका व्यक्तिलाई इजलासबाटै अनुसन्धान गर्न आदेशको माग गर्दै बहस गर्नुभयो ।अधिवक्ता खरेलले विभिन्न अभियुक्तहरुले अनुसन्धान अधिकृतसमक्ष प्रधानमन्त्री प्रचण्ड, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उहाँका स्वकीय सचिव राजेश बज्राचार्य, अजय क्रान्ति शाक्यसहितका व्यक्तिहरुलाई पक्राउ गर्न इजलासले आदेश दिन सक्ने बताउनुभयो । त्यस्तै, आरजु राणा, नैनकला थापा, मञ्जु खाँणलाईसमेत पक्राउ गर्न आदेश दिन सक्ने खरेलले बताउनुभयो ।

खरेलले भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसको तेस्रो दिन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासलाई कानुनबमोजिम उक्त आदेश गर्न माग गरेका गर्नुभएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी रकम असुली गरेको भन्दै ठगीसहित किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा सजाय माग गर्दै मुद्दा दायर भएको छ ।अधिवक्ता खरेलले तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तहरुलाई थुनामा राखी पूर्पक्ष गर्न माग गर्दै बहस गर्नुभएको थियो । बहसको क्रममा उहाँले जिल्ला अदालत काठमाडौंबाटै अर्को एक ठगी मुद्दाको ९मुद्दा नं ०७८– सी१–००२३० इजलासलाई जानकारी दिँदै अभियुक्तहरुले पोलेका व्यक्तिलाई समेत पक्राउ र अनुसन्धान गर्न गराउन आदेश जारी गर्न माग गर्नुभयो ।

“श्रीमान्, मुद्दा नम्बर ०७८–सी१–००२३ ठगी मुद्दामा अभियुक्तहरुले पोलेका व्यक्तिलाई इजलासबाट पक्राउ गर्न र अनुसन्धान गर्न आदेश भएको छ । यही आधारमा अभियुक्तमध्येका भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले पोलेका तथा उच्च ओहोदामा रहेका व्यक्तिहरुलाई समेत पक्राउ गर्नु पर्दछ,” खरेलले दाबी गर्नुभयो । उहाँले त्यतिमात्र नभएर टेकनाथ रिजालको बयानका आधारमा हाल बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतलाई भेट्न प्रयास गरेको तर उहाँले समय नमिल्ने भनी भेट्न नपाएको बताएको बयानलाई आधार मानी प्रचण्ड समेतलाई पक्राउको आदेश जारी हुनुपर्ने दावी गर्नुभएको छ । अधिवक्ता खरेलको उक्त बहसपछि न्यायाधीशले खरेलले उल्लेख गरेको मुद्दा नम्बर दोहो¥याएर माग गर्र्दै सो विषयभन्दा पनि अहिले थुनछेक प्रयोजनको बहसमा केन्द्रित हुन भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू