अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

कतारका राजा थानी दुई दिने राजकीय भ्रमणका लागि नेपालमा

बिआरटीनेपाल २०८१ वैशाख ११ गते ७:०९ मा प्रकाशित

कतारका राजा ९अमिर० तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । राजा थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो नेपाल आइपुग्नुभएको हो ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । राजा थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका मन्त्रीहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

राजा थानीलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू