अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

कम्युनिष्ट एकताका लागि हतार गर्दैनौं : प्रचण्ड

बिआरटीनेपाल २०८१ वैशाख १० गते ७:२८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक कम्युनिष्ट शक्तिबीच एकता गर्न हतार नगर्ने बताउनुभएको छ । सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले विगतमा कम्युनिस्ट एकताको नाममा हौसिँदा र हतार गर्दा एकता नटिकेको बताउनुभयो । ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । ‘हामी त्यो बेलामा अलि बढी हौसिएछ कि, समय भन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले’, प्रधानमन्त्रीले भन्नुभयो ।

अहिले एमाले, माओवादी, एकीकृत समाजवादीसहितका दलहरु सत्ता सहकार्यमा छन् । प्रचण्डले यो सहकार्यलाई अगाडि बढाउँदै लैजाँदा एकताको आधारभूमि आफैं तयार हुने बताउनुभयो । ‘त्यसो हुँदै गयो भने राजनीतिक दलहरुको बीचमा, कम्युनिष्टहरुको बीचमा स्वतः नै आधारभूमि तयार हुन्छ, एकताको, समझदारीको । त्यो ढंगबाट जानु ठीक हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू