अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक -प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ७:५० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सबै नागरिकलाई आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरुको क्षमता विकासमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाललाई मेडिकल शिक्षाको हबका रुमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रुपमा मात्र नभइ व्यवहारिक र मानवीय मूल्य मान्यता एवं संवेदनासहितलाई ध्यानमा राख्न जरुरी रहेको बताउनुभयो ।प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा दिनप्रतिदिन नयाँ नयाँ चुनौतिहरु देखा परिरहेको बताउँदै उहाँले नेपालको अधिकांश भूभाग ग्रामीण क्षेत्र रहेको र ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष सामजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म बिस्तार गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

‘देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक छ । सबै नागरिकलाई आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरुको क्षमता विकासमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ । नेपाललाई मेडिकल शिक्षाको हबका रुमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको जानकारी पनि गराउन चाहन्छु । स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रुपमा मात्र नभइ व्यवहारिक र मानवीय मूल्य मान्यता एवं संवेदनासहितलाई ध्यानमा राखि प्रतिष्ठानले आगामी दिनमा अझ अग्रगामी र दूरदर्शीता स्थानपित गर्नेछ ।’ प्रधानमन्त्री प्रचण्डले उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले सार्वाजनिक स्वास्थ्य संस्थाहरु सबल र सुदृढ भएमात्रै आम नेपालीहरुले सर्वसुलभ स्वास्थ्योपचार गर्न पाउने बताउनुभयो । सरकारले सबै सार्वजनिक अस्पतालहरुको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू