अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

विपक्षी दलको अवरोधले स्थगित संसद् बैठक भोलिमात्रै बस्ने

बिआरटीनेपाल २०८० जेठ २१ गते ८:३१ मा प्रकाशित

विपक्षी दलहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक भोलि ९सोमवार०सम्मका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमवार बिहान ११ बजे बस्ने जानकारी दिएको हो ।यसअघि आज बैठक शुरू हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरणलगायत विषयमा विरोध जनाउँदै संसद् अवरुद्ध गरेका थिए ।

विपक्षी दलका सांसदहरूले उठेर नाराबाजी गरेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । आज पूर्वनिर्धारित कार्यसूचीअनुसार बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसद्मा अर्को विधेयक ल्याउनुपर्ने उनीहरूको माग छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गनुृभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतले बङलादेश जाने बाटो दिए नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापनीबारे सोच्न सकिने अभिव्यक्ति दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू