अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने

बिआरटीनेपाल २०८० जेठ १८ गते ५:११ मा प्रकाशित

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताउनु भएको छ ।भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र मोदीले गर्नु भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेको बताउनु भयो ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाल र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको उल्लेख गर्नुभयो । त्यसैगरी मोदीले नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको भन्दै नेपाली जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू