अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

साहित्यकार भट्टको सम्मान गर्दै कृतिहरू गोरखा समाज र अनेसास न्युयोर्कद्वारा सार्वजनिक करण

बिआरटीनेपाल २०८० जेठ ११ गते १२:५२ मा प्रकाशित

न्यु योर्क । गोरखा समाज अमेरिकाको आयोजना र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क च्याप्टरको सहभागितामा साहित्यकार तथा लोक कवि सुरेश कुमार भट्ट (सुकुमार)का पांचवटा कृतिहरू ज्याक्सन हाइटको रोयल व्यञ्जन प्यालेसमा सार्वजनिकरण भएको थियो, जसमा नेपाली साहित्यको विविध विधातर्फ गीत गजल, कविता, मुक्तक, उक्तक, नियात्रा, हाइकु लोक कथा, बाल कविता र अनुप्रासयुक्त हाइकु,तथा समसामयिक विश्लेषणात्मक ग्रन्थ सहित आधा दर्जन भन्दा बढी ज्ञानवर्धक पुस्तक लेखेर नेपाली साहित्यलाई उचाइमा पुऱ्याउन टेवा दिनुभएको छ। गोरखा समाज अमेरिकाका अध्यक्ष खेम भट्टको अध्यक्षता रहेको कार्यक्रमको सुरुवात अनेसास बोर्ड अफ ट्रष्टिजका सदस्य तथा समालोचक साहित्यकार रश्मि भट्टले कुशलतापूर्वक सुरु गर्नुभएको थियो भने गोरखा समाज न्यूयोर्कका अध्यक्ष तथा समाजसेवी विकाश पाण्डेले स्वागत मन्तव्य दिँदै सम्पूर्ण उपस्थित पाहुनाहरूलाई स्वागत गर्नुभएको थियो । लोक कवि सुरेश कुमार भट्टलाई अध्यक्ष खेम भट्टले मालाले स्वागत गर्दै लोक कवि भट्टले नेपाली साहित्यको विविध विधाहरूमा कलम चलाई आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशन गरेर नेपाली साहित्यलाई ठुलो टेवा पुर्‍याउनु भएको भन्दै बधाई र शुभकामना व्यक्त गर्नुभयो ।

गोरखा समाज अमेरिकाको तर्फबाट स्रष्टालाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क च्याप्टरको तर्फबाट च्याप्टरका उपाध्यक्ष कवि लक्ष्मी श्रेष्ठ र महासचिव कवि जानुका बस्ती ढकालले स्रष्टालाई दोसल्ला र फूलको गुच्छाले स्वागत गर्नुका साथै सम्मान-पत्र प्रदान गर्नुभएको थियो ।

यसै सन्दर्भमा जानुका बस्ती ढकालले स्रष्टाको छोटो परिचय दिनुभएको थियो ।

साहित्यकार रश्मि भट्ट, प्रो.डा. राजन थपलिया, डा मोहन भट्ट, साहित्यकार लक्ष्मी श्रेष्ठ, साहित्यकार सकुन् ज्ञवाली, गोरखा समाजका अध्यक्ष खाम भट्ट, एनआरएनए न्यु योर्क च्याप्टरका महासचिव वासु लामिछाने र जानुका बस्ती ढकालले स्रष्टाको पुस्तकहरूको सार्वजनिकरण गर्नुभएको थियो ।

स्रष्टालाई बधाई तथा शुभकामना दिने क्रममा आदर्श गुरु आमा तथा गीतकार ,गजलकार पद्मा लिखा मगर , अनेसास केन्द्रीय सदस्य साहित्यकार सकुन् ज्ञवाली, गोरखा समाजमा संस्थापक अञ्जन श्रेष्ठ, न्यु योर्क मेयरका सल्लाहकार नवराज के.सी, एभरेष्ट क्रेडिट युनियनका वर्तमान अध्यक्ष मोहन ज्ञवाली, एन आर एन ए न्यु योर्क च्याप्टरका महासचिव वासु लामिछाने, सी.पी.ए बिराज रिजाल, डा.मोह भट्ट, रमेश भट्ट, हन्स राज जोशी, मिना देवकोटा, तारा-किशन फाउन्डेसनकी संस्थापक संरक्षक तारा धामी , भोजराज पुडासैनी कृष्ण प्रसाद धमला, ज्ञानल थापा, राजु भट्ट, चेत अगाइ, कवि किशनसिंह धामी, विमल ज्ञवाली लगायत भद्भभलाद्मीहरूको उपस्थिति रहेको थियो ।

त्यसै क्रममा समालोचक रश्मि भट्टले लोक कविका पुस्तकहरूको छोटो समीक्षा गर्नुभएको थियो । कार्यक्रमको अन्तिमतिर स्रष्टाले ज्ञानवर्धक अभिव्यक्ति सुनाउनुभएको थियो । जानुका बस्ती ढकालद्वारा साहित्यलाई माया गर्ने उपस्थित सबैमा तथा आयोजक गोरखा समाजलाई धन्यवाद व्यक्त गर्नुभएको थियो भने छोटो मन्तव्यका साथ अध्यक्षले कार्यक्रमलाई समापन गर्नुभएको थियो ।

प्रतिक्रिया