अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

जि-सेभेनको सम्मेलन आजदेखि जापानमा सुरु हुँदै

बिआरटीनेपाल २०८० जेठ ५ गते ४:५५ मा प्रकाशित

विश्वका धनी तथा औद्योगिक मुलुकहरुको संगठन जि-सेभेनको सम्मेलन शुक्रबारदेखि जापानको हिरोशिमामा सुरु हुँदैछ ।यस वर्षको आयोजक जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो शिखर सम्मेलनमा थप आठजना पाहुनालाई निम्तो गर्नुभएको छ ।रुस युक्रेन युद्ध चरम उत्कर्षमा पुगेको बेला जि-सेभेनको बैठकमा विश्वका अन्य देशहरुलाई पनि सहभागि गराइनुलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

वार्षिक भेलामा विश्वका सात धनी देशहरु जापान, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा र इटाली सहभागि हुने गरेका थिए । युरोपेली संघ यसको आधिकारिक सदस्य नभए पनि उसले प्रतिनिधिहरू पठाउने गरेको थियो ।यसपटक भने सम्मेलनमा अस्ट्रेलिया, भारत, ब्राजिल, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया, अफ्रिकन युनियनको प्रतिनिधित्व गर्दै कोमोरोस र प्यासिफिक टापु फोरमको प्रतिनिधित्व गर्दै कुक आइल्याण्ड पनि सहभागि हुँदैछन् । जि-सेभेनको घट्दो आर्थिक प्रभावलाई पुर्नजिविन दिन संगठनले अन्य साथीहरुको खोजी गरिरहेको जानकारहरु बताउँछन् । सन् १९९० ताका जि-सेभेन समुहसँग विश्वको कुल जिडिपीको आधाभन्दा बढी हिस्सा थियो ।

अहिले यो हिस्सा ३० प्रतिशतभन्दा तल झरेको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले पछिल्लो १८ महिनामा भारत, अफ्रिकालगायत १६ देशको भ्रमण गर्नुभएको थियो ।उक्त भ्रमणमार्फत उहाँले विश्वमा रुस र चिनको पैसा र शक्तिको बिकल्प छ भन्ने विश्वाश दिलाउन खोज्नुभएको बताउनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू