अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर छ-उपप्रधामन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०७९ चैत २६ गते ७:३७ मा प्रकाशित

उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आज आइतवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । ‘अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उहाँले यसलाई लयमा ल्याइने बताउनुभयो । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररूपमा छलफल भइरहेको उहाँको भनाइ छ ।

‘गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका कामले केही ढिलाइ भएको छ, अर्थमन्त्रीले जिम्मेवारी सम्हालिसक्नुभएको छ’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते यस विषयमा बृहत् छलफल गर्दैछौँ ।’ अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि के गर्नुपर्छ भन्नेतर्फ सरकारले प्रयास गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । ‘हामी अर्थतन्त्रका समस्या पहिचान गरेर सम्बोधन गर्न प्रभावकारी कदम चाल्छौँ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू