अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले चेतावनीसहित बुझायो ज्ञापनपत्र

बिआरटीनेपाल २०७९ चैत २६ गते ७:३६ मा प्रकाशित

कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत् उनीहरूले तत्काल पुनः नामकरण गर्नुपर्ने चेतावनी दिएका छन् । साथै पुनः नामकरण नगरे उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । पहिचानसहितको पुनः नामकरण तत्काल नगरिए जीवनमरणको आन्दोलनमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवारी कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसद, सभामुख, मुख्यमन्त्री र एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले लिनुपर्ने पत्रमा उल्लेख छ ।

प्रदेश स्थापनाको ५ वर्षपछि ९३ सदस्यीय प्रदेशसभाबाट ८२ सांसदको समर्थनमा फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएको थियो । तर त्यसयता पहिचानवादी संगठनहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । कोशी नामकरणप्रति आपत्ति जनाउँदै गरिएका प्रदर्शनको क्रममा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू