अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय

बिआरटीनेपाल २०७९ चैत १७ गते ८:०६ मा प्रकाशित

नवनियुक्त उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्री र गृह सचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गर्नुभएको छ । शुक्रवार गृह मन्त्रीको रूपमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृह मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गर्नुभएको हो । उहाँले आफूले गरेको निर्णय पारित गर्नका लागि मन्त्रिपरिषदमा लाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म मन्त्री, सचिवले सुराकीको नाममा खर्च गर्ने जो प्रणाली थियो, नियमावली थियो, अहिलेलाई त्यो खारेज गरिएको छ । याे निर्णयलाई मन्त्रिपरिषदमा निर्णयका लागि प्रस्तुत गर्ने प्रस्तावमा सही गरेकाे छु ।’त्यसैगरी उहाँले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा पनि हस्ताक्षर गर्नुभएको छ । याे  फाइल पनि निर्णयका लागि मन्त्रिपरिषदमा पेस गर्ने जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले मातहतका कर्मचारीहरूलाई समयको पालना गर्न निर्देशन दिनुभयो । समय पालनाको अवज्ञालाई छुट नदिने उहाँले बताउनुभयो । आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि उहाँकाे आग्रह छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू