अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

विदेशबाट फर्केकाहरुकाे ज्ञान र सीपलाई देश विकासमा लगाउनुपर्छ : अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ चैत ११ गते ८:०४ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्केकाहरुकाे ज्ञान, सीप देश विकासमा लगाउनुपर्ने बताउनुभएकाे छ ।शनिबार काठमाण्डौमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने पनि उहाँकाे भनाइ थियाे ।

विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई देश निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यहीँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कामको हिसाबमा हामी विदेशमा जानु परेको छ । जाने बाध्यता हुन्छ । त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौं । स्वदेश फर्किदा केही ज्ञान, केही सीप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौं । तर कहिलेकहिले कस्तो हुन्छ भने कुन उत्साहका साथ फर्किएर आयो । यहाँ एक्लै परिन्छ । अनि उही कुटो, उही कोदालो, उही परम्परागत ढाँचाको खेतीपाती । भएको उद्योग पनि सिद्धिएर उद्योगविहीनताको स्थिति । यस्तो अवस्थामा रिटर्नीका बेथा, विदेश जानेका व्यथा, फर्केका आउनेका व्यथा उस्तै छन् । समाधान मिलेर गर्नुपर्छ ।’

यस्तै उहाँले साम्प्रादायिक नारा लगाएर समस्याको समाधान नहुने पनि बताउनुभयाे । कुनै पनि समस्या समाधान नहुने भएकाले देशमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको उहाँकाे भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू