अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

मलाई जेल हालेर तर्साउन सकिँदैन : राहुल गान्धी

बिआरटीनेपाल २०७९ चैत ११ गते ७:२० मा प्रकाशित

भारतको कंग्रेस आईका नेता राहुल गान्धीले आफूलाई सांसद बन्नबाट अयोग्य बनाएर वा जेल हालेर तर्साउन नसक्ने दावी गर्नुभएको छ । लोकसभाबाट सांसद पद खारेज भएपछि शनिबार पत्रकार सम्मेलन गरेर गान्धीले आफूलाई कसैले पनि तर्साउन नसक्ने दावी गर्नुभएको हो ।सांसद बन्नबाट अयोग्य बनाइए पनि आफूलाई त्यसको मतलब नभएको र आफ्नो तपस्या जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्नु भएको गान्धीको भनाई छ । आफूले अदानीविरूद्ध अर्को भाषण गर्न लागेको हुँदा प्रधानमन्त्री मोदी डराएकाले आफ्नो सांसद पद खारेज गरेको गान्धीको आरोप छ ।

गान्धीलाई सुरत जिल्ला अदालतले बिहीबार मानहानी मुद्दामा २ वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । ती दफामा अपराधिक मानहानीमा अधिकतम् २ वर्ष कैद सजाय हुन सक्ने व्यवस्था छ ।

चार वर्षअघि लोकसभा चुनावका क्रम कर्नाटकाको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका नेता एंव गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू