अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

बिआरटीनेपाल २०७९ चैत ७ गते ७:०९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । मङ्गलवार प्रधानमन्त्री दाहाल प्रचण्ड ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले उहाविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए । त्यसबीचमा अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।

दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा उनीहरूले मूल्यवृद्धि खारेज गर्, यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ भन्ने लगायतका नाराबाजी गरेका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेसँगै प्रधानमन्त्री कार्यक्रम स्थलमा पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड कार्यक्रम स्थलमा जाँदै गर्दा उहाँँकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाह गर भन्दै नारा लगाएका थिए । ती युवालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू