अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

राष्ट्रपति सी चिनफिङका विश्वासपात्र ली चियाङ चीनको नयाँ प्रधानमन्त्री चयन

बिआरटीनेपाल २०७९ फागुन २७ गते ६:३३ मा प्रकाशित

चिनियाँ संसद् जनकंग्रेसले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका ली चियाङलाई प्रधानमन्त्री बनाएको छ । राष्ट्रपति सी आफैले लीको नाम प्रस्ताव गर्नुुभएको थियो जसलाई जनकंग्रेसले अनुमोदन गरेको छ । ६३ वर्षीय ली व्यवसायीको हितमा काम गर्ने राजनीतिज्ञका रूपमा परिचित हुुनुुहुुन्छ ।

ली सुरुवाति दिनमा चीनको क्षेत्रीय राजनीतिमा सीसँगै रहनुुभएको थियो । उहाँ पछि उपराष्ट्रपतिका रूपमा केन्द्रीय सत्तामा पुुग्नुुभएको थियो । शून्य कोभिड नीतिको असर चिनियाँ व्यावसायिक क्षेत्रमा परेको र निजी क्षेत्रसँग राम्रो सम्बन्ध भएकाले सीले लीलाई प्रधानमन्त्री बनाएको बुझिएको छ । लीले वर्तमान ली खछ्याङलाई पदस्थापन गर्नुुभएको हो । उहाँ १० वर्षदेखि चीनको प्रधानमन्त्री हुुनुुहुुन्थ्यो ।

ली खछ्याङलाई राष्ट्रपति सीकै प्रतिस्पर्धीसमेत मानिन्छ । उहाँ चिनियाँ कम्युनिुस्ट पार्टीका पाका नेता तथा पूर्वराष्ट्रपति हु जिन्ताओनिकट समेत मानिनुुहुुन्छ ् । हुलाई गत अक्टोबरको पार्टीको महाधिवेशनमा बीचमै हलबाट निकालिएको थियो । पेकिङ विश्वविद्यालयबाट अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका उहाँले चीनको आर्थिक सुधारका लागि उल्लेख्य काम गर्नुुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू