अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

रुसले युक्रेनमा हान्यो हाइपरसोकिन क्षेप्यास्त्र, कम्तिमा ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ फागुन २६ गते ६:४२ मा प्रकाशित

रुसले पछिल्लो पटक गरेको क्षेप्यास्त्र प्रहारबाट युक्रेनमा कम्तिमा ९ जना मारिएका छन् ।गत जनवरी अन्तिमपछि बिहीबार ठूलो आक्रमण गरेको रुसले हाइपरसोनिक क्षेप्यास्त्र समेत प्रयोग गरेको दाबी युक्रेनले गरेको छ ।रुसले किञ्जल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको दाबी युक्रेनको छ ।

बिहीबार गरिएको आक्रमणबाट जापोरिज्जियास्थित आणविक केन्द्रमा बिजुली अवरुद्ध भएको छ भने अन्य भौतिक संरचनाहरुमा पनि ब्यापक क्षति पुगेको छ ।रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनका मूख्य सैनिक अखडाहरुमा जल, थल र लामो दूरीका क्षेप्यास्त्र मार्फत प्रहार गरेको जानकारी दिएका छन् ।

युक्रेनी सेनाले ३४ वटा क्षेप्यास्त्र र चार वटा इरानमा बनेका ड्रोन खसालेको दाबी गरेको छ । तर, किञ्जल ब्यालेस्टिक क्षेप्यास्त्र, के–ट्वेन्टी टु एन्टी शिप क्षेप्यास्त्र र एस–थ्री हण्डेड एन्टी एअरक्राफ्ट क्षेप्यास्त्र भने खसाल्न नसकेको पनि युक्रेनी सेनाले बताएको छ । युद्ध सुरू भए यता नै रुसले यसरी आक्रमण गरेको पहिलो पटक भएको पनि युक्रेनी सेनाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू