अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

रुसले युक्रेनमा आक्रमण तीव्र बनायो, घरबाहिर ननिस्कन नागरिकलाई सरकारको निर्देशन

बिआरटीनेपाल २०७९ फागुन २५ गते ७:१३ मा प्रकाशित

रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण तीव्र बनाएको छ । केही दिनदेखि मत्थर भएको आक्रमण आज बिहीवार बिहानैदेखि फेरि तीव्र भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । रुसको क्षेप्यास्त्र र ड्रोन हमलाका कारण पानी र बिजुली आपूर्तिमा अवरोध सिर्जना भएको छ । खार्किभका गभर्नर ओलेग सिनेगुबोभले महत्त्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताउनुभएको छ । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम मार्च्नेकोले पनि रुसले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताउनुभएको छ ।

स्थानीय सैन्य प्रशासनका अनुसार राजधानी किएभ क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ । सरकारले नागरिकलाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गरेको छ । औद्योगिक सहर बाख्मुतलाई क्रमशः आफ्नो नियन्त्रण लिएको जनाउँदै मस्कोले अन्य क्षेत्रमा पनि आक्रमणलाई तीव्र बनाएको हो । युक्रेनी उपरक्षामन्त्री गन्ना मलियारले भने बाख्मुतमा बुधवार गरिएको प्रतिकारलाई विजय मान्नुपर्ने बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू