अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

नोबेल विजेता बेलारुसी अधिकारकर्मीलाई १० वर्ष जेल सजाय

बिआरटीनेपाल २०७९ फागुन १९ गते ६:५३ मा प्रकाशित

बेलारुसको एउटा अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्सकीलाई १० वर्षको जेल सजाय सुनाएको छ । शुक्रबार बेलारुसी अदालतले बियालियात्स्कीलाई १० वर्षको जेल सजाय सुनाएको मानवअधिकारवादी संस्था भियास्नाले जनाएको छ । भियास्ना बियालित्स्कीद्वारा नै स्थापित मानवअधिकार संगठन हो । उनीमाथि सरकारविरोधी गतिविधि गर्नका लागि बेलारुसमा अवैध रूपमा पैसा भित्र्याएको आरोप लाग्दै आएको छ । उनी यसअघि नै अनुसन्धानका लागि थुनामा थिए ।

सन् २०२२ को नोबेल शान्ति पुरस्कार बियालियात्स्कीका साथै रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई दिइएको थियो । बेलारुसी अदालतको फैसलाको आलोचना गर्दै निर्वासनमा रहेकी विपक्षी नेता स्वेतलाला तिखानोभ्सकायाले झुटा मुद्दामा बियालियात्स्कीलाई फसाइएको प्रतिक्रिया दिएकी छिन् । ’हामीले घृणित अन्यायबाट बचाउन र उनलाई मुक्त गर्न सबै प्रयास गर्नुपर्छ,’ उनले भनेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू