अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

भारतीय अर्बपति अडानीको सम्पत्ति एकै दिन ५ अर्ब डलरभन्दा धेरैले बढ्यो

बिआरटीनेपाल २०७९ फागुन १९ गते ६:५२ मा प्रकाशित

भारतीय अर्बपति गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपमाथि हिन्डेनबर्ग रिसर्चले लगाएको आरोपबारे छानबिन गर्न समिति गठन भएसँगै अडानी समूहका फर्महरूको शेयर मूल्य उच्च अङ्कले बढेको छ ।भारतीय सर्वोच्च अदालतले पूर्वन्यायाधीश अभय एम सप्रेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको बीबीसीले जनाएको छ । मुख्य न्यायाधीश चन्द्रचुडको नेतृत्वमा रहेको तीन न्यायाधीशको इजलासले हिन्डेनबर्ग रिसर्चको प्रतिवेदनविरुद्ध अडानी समूहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै छानबिन समिति गठन गरेको हो ।

यस्तै अदालतले स्टक मार्केट नियामक सेबीलाई पनि अडानी समूहका फर्मका शेयर कारोबार नियमसङ्गत भए÷नभएको अध्ययन गर्न निर्देशन दिएको छ । हिन्डेनबर्ग रिसर्चले छ हप्ताअघि एक रिपोर्ट सार्वजनिक गर्दै अडानीले आफ्ना समूहका फर्महरूको शेयर हेरफेर तथा जालझेल गरेको आरोप लगाएको थियो । हिन्डेनबर्गको आरोपसँगै अडानीको सम्पत्ति छ हप्ताको बीचमै एक खर्ब ५० अर्ब डलरबाट ३७ अर्ब डलरमा झरेको थियो ।

फोर्ब्सको रियलटाइम जानकारीअनुसार विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरबाट ३० औँ नम्बरभन्दा तल पुगेका अडानी छानबिन समिति गठन भएपछि २६ औँ नम्बरमा उक्लनुभएको छ । आज एकै दिन अडानीको सम्पत्ति पाँच अर्ब डलरभन्दा धेरैले बढेको छ । अडानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्धबाट नाजायज फाइदा लिएको विपक्षीहरूले आरोप लगाउने गरेका छन् । अमेरिकाको न्युयोर्कमा रहेको हिन्डेनबर्ग रिसर्चले कसरी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्तिले व्यवसायको इतिहासकै सबैभन्दा ठूलो ठगी गरिरहेका छन् भन्ने शीर्षकमा एक खोजमूलक प्रतिवेदन प्रकाशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू